Friday 26th of February 2021
वि.सं. २०७१असार १६ मा कालो धनलाई सेतो बनाउन नदिन कार्यरत अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) को निगरानी सूचीबाट नेपाल हटेको छ । संस्थाको हालै पेरिसमा सम्पन्न बैठकले नेपाललाई उक्त सूचीबाट हटाउने निणर्य गरेको हो ।कालो सूचीको संघारमा पुगेको मुलुक निगरानी सूचीबाटै हट्नुमा ऐन कानुनमा गरिएको सुधार मुख्य हो मुलुक निगरानी सूचीबाट हटेसंगै अब अन्तराष्ट्रिय निकायले निरन्तर अनुगमन गर्ने छैनन् ।
एफएटीएफले आतंकवाद, हातहतियार बेचबिखन, लागू औषौधी र मानव बेचबिखनजस्ता गतिविधिबाट आजिर्त धनलाई शुद्धीकरण गर्न दिदैन । यसको नियन्त्रणका लागि उसले नेपालले कानुन बनाउने र सुधार गर्ने भन्दै ताकेता गरिरहेको थियो ।
विशेषगरी सम्पत्ति शुद्धीकरण र आतंकवादी कार्यमा वित्तीय लगानी रोकथामसम्बन्धी गरेका कामहरुको मूल्यांकन गरी उक्त सूचीबाट नाम हटाइएको हो । यसले गर्दा पेरिसमा भेला भएका ३८ देशका प्रतिनिधिहरूले नेपाललाई निगरानी सूचीबाट हटाउन सहमत भएका हुन् ।
गत डिसेम्बरमा नेपाल भ्रमण्मा आएको संस्थाको टोलीको प्रतिवेदन र नेपालले पारित गरेका पाँच वटा कानुनका आधारमा एफएटीएफको बैठकले नेपाललाई उक्त सूचीबाट हटाएको हो । नेपालको व्यवस्थापिका संसदले सम्पत्ति शुद्धीकरण निवारण ऐन को दोस्रो संशोधन, कसुरजन्य सम्पत्ति रोक्का, नियन्त्रण ऐन, पारस्परिक कानुनी सहायता ऐन, संगठित अपराध नियन्त्रण ऐन र सुपुर्दगी ऐन पारित गरेको छ ।
S.N | Title | Description |
---|---|---|
1 | कुलिङ ब्रेक भनेको के हो ? | |
2 | सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा) | |
3 | Career News and Info मंसिर ११, २०७४ | |
4 | राजस्व र व्ययको अनुमान | |
5 | गोरखापत्र ११४ औँ वर्षमा | |
6 | आर्थिक कुटनीति भनेको के हो ? | |
7 | सगरमाथा हिरक महोत्सव | |
8 | निर्वाचन लोकतन्त्रको मेरुदण्ड कसरी ? | |
9 | राजस्व प्रशासन | |
10 | लुम्विनीको शान्तिदीप कोरीयामा | |
Please login to view more important topics. |