Friday 26th of February 2021
लेखनसीप पुस्तकका सम्बन्धमा
प्रस्तुत लेखनसीप पुस्तक तपाईं प्रबुद्ध पाठकहरुको हातमा पु¥याउन पाउँदा निकै गौरवान्वीत महशुस गरेको छु । यस पुस्तकले लोकसेवा आयोगको परीक्षामा उत्तर लेखनका लागि दिशानिर्देश गर्नेछ । यसका साथै यस सम्बन्धमा रहेका केही भ्रम सकेत चिर्ने अपेक्षा गरेको छु ।
लोक सेवा आयोगको परीक्षा दिने हरकोही परीक्षार्थी एकेडेमिक क्षेत्रको निश्चित तह उत्तीर्ण गरेर आएको हुन्छ । यस्ता प्रतियोगीहरुबीचको प्रतिस्पर्धा भएकोले त्यसमा अब्बल ठहर्न निर्धारित समयसीमाभित्र अतिउत्तम प्रस्तुती दिर्नै पर्ने हुन्छ । यसका लागि कसरी विषयवस्तुको संयोजन गर्ने ? कसरी निर्धारित समयमा पूर्ण सामग्री पस्कने ? कसरी लेखाईलाई अब्बल गराउने जस्ता पक्षहरु महत्वपूर्ण हुन्छन् ।
तसर्थ, लेखनको बौद्धिक पक्ष, सीपगत पक्ष, समय व्यवस्थापनको पक्ष र मनोवैज्ञानिक पक्षलाई आधार बनाएर प्रस्तुत पुस्तक तयार पारिएको छ ।
यस पुस्तकले तमाम परीक्षार्थीहरुलाई लाभ पु¥याउने छ र सबैको मन जित्ने छ भने विश्वास समेत व्यक्त गर्दछु ।
यो पुस्तक तयारीको क्रममा मैले सहयोग लिएका स्रोत सामग्रीका सर्जकहरुलाई सर्वप्रथम धन्यवाद टक्रयाउँदछु ।
त्यसै गरी यस पुस्तक लेख्नका लागि घच्घच्याउने श्रद्धेय पाठकवर्ग प्रति आभारी छु । पुस्तक लेखनमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद टक्रयाउँदछु ।
यदु नेपाल
नयाँ वर्ष २०७७
S.N | Title |
---|