करीयर काउन्सिलिङ्ग सेन्टर प्रा.लि. नेपालको कम्पनी ऐन २०६३ अनुसार २०६८ सालमा रजिष्टर्ड भएको कम्पनी हो । साथै यो करीयर सम्बन्धमा अनलाईन अध्ययनको अवसर समेत उपलब्ध गराउने पहिलो कम्पनी पनि हो । यसले स्थापना कालदेखि नै लोकसेवा आयोगद्वारा परीक्षा संचालन गरिने विभिन्न पदहरुको लागि परीक्षाको प्रकृति अनुसारका अध्ययन सामग्री उपलब्ध गराउँदै आएको छ ।

 
बैकिङ्ग सेवाका लागि समेत उपयोगीः कम्पनीले २०७४ साउन १ गतेदेखि बैकिङ्ग क्षेत्रका लागि उपयोगी हुने CMAT/GMAT अन्तरगतको सामग्री समेत उपलब्ध गराएको छ ।
 
विद्यालयहरुका लागि समेत उपयोगी
• विद्यालयमा अध्ययन गर्ने भाईवैनीहरुलाई ताजा जानकारी दिनु आवश्यक छ । विद्यार्थीहरुलाई सामाजिक शिक्षा होस् वा विद्यालयस्तरीय सामान्य ज्ञान होस् अद्यावधिक भएको शिक्षा नै दिनु पर्छ ।
• विद्यालयमा संचालन हुने हाजिरीजवाफ प्रतियोगिताका लागि स्तरीय, विश्वसनीय र अद्यावधिक प्रश्नहरु तयार पार्नका लागि अचुक अस्त्र हुने अपेक्षा गरेका छौँ ।
 
लोकसेवा गाईडमा सामग्री तयार पार्ने विधि: 

विषयगत सामग्री
विषयगत सामग्री तयार पार्नका लागि लोकसेवा गाईट डट कमसँग आवद्ध रहनु भएको श्रद्धेय रिसोर्स पर्सनहरुको महत्वपूर्ण योगदान रहन्छ । करीयर काउन्सिलिङ्ग सेन्टरबाट पुस्तक समेत प्रकाशन हुने भएकोले पुस्तक र सोही पेपरको वेभ सामग्रीसँगसँगै पनि तयार पारिन्छ । रिसोर्स पर्सनहरुबाट प्राप्त सामग्रीलाई लोकसेवा गाईड सम्पादन समूहबाट सम्पादन भएपश्चात मात्र प्रकाशित गरिन्छ ।

वस्तुगत सामग्री
वस्तुगत सामग्री निर्माण गर्नका लागि लोकसेवा गाईडमा Resource Developers (Full Timer) हुनुहुन्छ । लोकसेवा आयोग वा परीक्षा लिने निकायले प्रकाशित गरेका नमूना प्रश्नहरु विगत वर्षहरुमा सोधिएका प्रश्नहरुको आधार लिई सम्बन्धित विषयरपत्रको पाठ्यक्रम मुताविकका Level I & Level II प्रश्नहरु निर्माण गरिन्छन् । यसरी निर्माण गरिएका प्रश्नहरुलाई सम्पादन समूहले सम्पादन गरे पश्चात मात्र प्रकाशन गरिन्छ । 
 
अध्यावधिकता
विषयगत तथा वस्तुगत सामग्रीहरु नियमित रुपमा अद्यावधिक गरिन्छ । यो कार्य लोकसेवा गाईडको सम्पादकहरुको समूहले गर्दछ । 
दैनिक, साप्ताहिक, मासिक पत्रिका रेडियो, टेलिभिजन, अनलाईन संचार स्रोतहरु, विभिन्न निकायहरुका वेभसाइटहरु सरकारी तथा अन्य निकायहरुका प्रकाशनहरु, वार्षिक प्रतिवेदनहरु, अनुसन्धान तथा प्रकाशनका रिपोर्टहरु आदिका आधारमा अध्ययन सामग्रीलाई अध्यावधिक गरिन्छ  । 
 
Source of Questions
यस वेभसाइटको पुराना प्रश्न संग्रहमा राखिएका प्रश्नहरुमध्ये प्रश्नपत्र ल्याउन पाउने प्रश्नहरुलाई सम्बन्धित परीक्षार्थी मार्फत प्रश्नलाई वेभमा राखिएको हुन्छ । प्रश्न ल्याउन नपाउने पत्रका प्रश्नहरुलाई सम्बन्धित परीक्षार्थीको सम्झनाको आधारमा तयार पारिएको हुन्छ । यसरी उपलब्ध हुन नसकेका प्रश्नहरुलाई प्रकाशित भएका पुस्तकहरुबाट समेत तयार पारेर राख्ने गरिएको छ । 
 
Articles
यस स्तम्भमा राखिएका लेख, रचना, समाचार अंशहरुलाई विभिन्न पत्रपत्रिकाबाट साभार गरिएको छ । पाठकहरुलाई थप सुविधा दिनका लागि यो स्तम्भ संचालन गरिएको छ । संस्थाले यसको प्रयोग बापत कुनै शुल्क लगाउने छैन ।
यस स्तम्भमा प्रकाशित सामग्रीको जवाफदेहीता तथा प्रतिलिपि अधिकार तत् तत् निकाय तथा लेखकमा नै रहने व्यहोरा समेत अनुरोध गर्दछौं ।
साथै करीयर निर्माणमा उहाँहरुको लेखले पु¥याएको सहयोगको लागि प्रकाशन संस्था तथा लेखकहरुलाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौं ।
 
Career Opportunity
करीयर निर्माणको क्रममा रहेका तमाम पाठकहरुलाई सहज सूचना पु¥याउने अभिप्रायले यो स्तम्भ राखिएको छ । यसमा रोजगारी सम्बन्धी अवसरहरु, परीक्षा केन्द्र, परीक्षाफल आदि विषयमा जानकारी गराइन्छ । यसमा राखिने सामग्रीलाई विभिन्न पत्रपत्रिका लगायतका समाचार माध्यमहरु, वेभसाइटहरु तथा करीयर काउन्सिलिङ्ग सेन्टरमा सिधै प्राप्त सूचनाका आधारमा राखिन्छ । 
यस स्तम्भको उद्देश्य पाठकलाई सूचनाको अभावमा रोजगार अवसरबाट वन्चित हुन नदिनु भन्ने नै हो । 
 
Loksewa Update/Loksewa Info
यस स्तम्भमा प्रकाशित लोकसेवा आयोग सम्बन्धी सूचनारजानकारीहरु लोकसेवा आयोगको वेभसाइटबाट साभार गरिएका सामग्रीहरु हुन् । लोकसेवा आयोगको परीक्षाको तयारी गरीरहेका वा गरिसकेका परीक्षार्थीहरुलाई लोकसेवा सूचनालाई सिधा, सहज र नियमित उपलब्ध गराउन यो सेवा प्रदान गरिएको हो ।
 
पाठ्यक्रम/ Syllabus 
यसमा राखिएका पाठ्यक्रमहरु सम्बन्धित संस्थाको वेभसाइटबाट साभार गरी राखिएको छ । वेभसाइटमा नभेटिएको भएमा सम्बन्धित संस्थाबाट प्राप्त गरी वा विभिन्न पुस्तकबाट साभार गरी राखिएको छ । 
 

 

Yadu Nepal

Resource Advisor

Ujjwal Nepal

IT Officer/Engineer

Anju Rai

Assistant Manager

Bimala Kafle

Resource Developer

Sanu Maya Ghalan

Resource Developer/Accountant

Rojina Thapa

Resource Developer

Laxmi Regmi

Office Assistant